कुशल भुर्तेल ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी

नेपालभ्युज

कुशल भुर्तेल ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी

काठमाडौं। क्रिकेटर कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गरेका छन् । लिग टु अन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् । ओडीआईमा यो उनको व्यक्तिगत पहिलो शतक हो ।

भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरे । उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका हुन् ।

यसअघि, भुर्तेलको ओडिआईमा उच्च स्कोर ८४ थियो । कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।

ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved