रियल मड्रिडले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो । 

नेपालभ्युज

रियल मड्रिडले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गरे । करिम बेन्जिमाले एक गोल गरे । अल हिलालका लुसियानो भिट्टोले दुई गोल र मोउसा मरेगाले एक गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved