‘सडेन डेथ’ मा पुलिसलाई हराउँदै सिमरा राजर्षि जनक कपको क्वाटरफाइनलमा

नेपालभ्युज

‘सडेन डेथ’ मा पुलिसलाई हराउँदै सिमरा राजर्षि जनक कपको क्वाटरफाइनलमा

काठमाडौं। एनजेजेवाइसी सिमरा सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

सर्लाहीस्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा शुक्रबार भएको खेलमा सी डिभिजन क्लब सिमराले ए डिभिजन क्लब नेपाल पुलिस क्लबलाई ‘सडेन डेथ’ मा पराजित गरेको हो। यससँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ।

‘सडेन डेथ’ मा सिमराको अस्मित चौधरीको गोल नै निर्णायक बन्यो। पुलिसका अजित भण्डारी  गोल गर्न चुके।

खेल निर्धारित तथा अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएसँगै नतिजाको लागि टाइब्रेकर प्रयोग गरियो  टाइब्रेकर भने ५–५ गोलको बराबरीमा सकियो।

शनिबार हुने खेलमा बागमती युवा क्लब र धरान फुटबल क्लब आमने सामने हुनेछन्। १२ टोलीको सहभागीता भएको प्रतियोगिताको विजेताले १० लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved