‘ए’ डिभिजन लिगमा क्लबले ५ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने

नेपालभ्युज

‘ए’ डिभिजन लिगमा क्लबले ५ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी क्लबले बढिमा ५ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने भएका छन्।

ए डिभिजन क्लब तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीको बैठकले टोलीमा बढिमा ५ विदेशी खेलाडी राख्ने सहमति गरेको हो ।

सुरुवाती ११ मा भने ४ विदेशी खेलाडी समावेश गर्न पाइनेछ। ५ खेलाडीमध्ये एक दक्षिण एसियाली तथा एक एसियाली हुनु पर्ने अनिवार्य गरिएको छ।

यसअघिको संस्करणमा बढिमा ४ खेलाडी समावेश गर्न पाउने प्रावधान थियो। यस वर्षको ए डिभिजन लिग फागुन १९ गते सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved