सुदूरपश्चिममा एक महिनामै सरकार ढल्ने सम्भावना, आज रावलले पाउलान् त विश्वासको मत ?

सरकार जोगाउने कि ढाल्ने भनेर निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले  विश्वासको मत दिन आनाकानी गरिरहेको छ । यदि नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा सरकार ढल्नेछ र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्नेछ ।

नेपालभ्युज

सुदूरपश्चिममा एक महिनामै सरकार ढल्ने सम्भावना, आज रावलले पाउलान् त विश्वासको मत ?

कैलाली। सुदूरपश्चिम प्रदेशमा एक महिनामै सरकार ढल्ने सम्भावना बढेको छ । विश्वासको मत लिने अन्तिम दिन आजसम्म पनि  मुख्यमन्त्री राजेन्द्रसिँह रावलले बहुमत पुर्‍याउन सकेका छैनन् ।

सरकार जोगाउने कि ढाल्ने भनेर निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले  विश्वासको मत दिन आनाकानी गरिरहेको छ । यदि नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा सरकार ढल्नेछ र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्नेछ । रेशम चौधरीको रिहाईलाई बटमलाईन बनाएको छ । मूख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि हिजो बुधबारको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

रावल मूख्यमन्त्रीमा नियुक्त भएको आज विहीबार ३० दिन हुँदैछ । रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved