नेप्सेमा ७.१३ अंकको गिरावट, ३ अर्ब ६९ करोडको कारोबार

नेपालभ्युज

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्सेमा ७.१३ अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।

अघिल्लो दिन ७६ अंकमाथिले नेप्से बढ्दा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । तर, आज ३ अर्ब ६९ करोडको मात्रै कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको अधिकतम ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको १० करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ वटा उपसूचक मध्ये आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved