डब्लूपीएलको अक्सनमा नेपाली खेलाडी सर्टलिस्टमा पर्न असफल

नेपालभ्युज

डब्लूपीएलको अक्सनमा नेपाली खेलाडी सर्टलिस्टमा पर्न असफल

काठमाडौं। वुमन्स प्रिमियर लिग (डब्लूपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा नेपालका ५ खेलाडी सर्टलिस्टमा पर्न असफल भएका छन्।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईको आयोजनामा हुन लागेको डब्लुपीएलमा ५ जना नेपाली महिला खेलाडीले नाम दर्ता गराए पनि सर्टलिस्टमा पर्न असफल भएका हुन्।

नेपालको तर्फबाट कप्तान रुविना क्षेत्री, ब्याटर इन्दु बर्मा, अलराउन्डर सीता राना मगर। अश्मिना कर्मचार्य र तीव्र गतिकी बलर कविता कुँवरले नाम दर्ता गराएका थिए।

केवल ८ एसोसिएट खेलाडी मात्र अक्सनमा सर्टलिस्ट हुन सफल भए। कुल १५२५ खेलाडीले नाम दर्ता गराए पनि ४ सय ९ खेलाडी सर्टलिस्टमा परेका हुन्।

प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved