युएसएआईडी प्रमुख सामन्था पावरले भेटिन् परराष्ट्रमन्त्री पौड्याल

नेपालभ्युज

युएसएआईडी प्रमुख सामन्था पावरले भेटिन् परराष्ट्रमन्त्री पौड्याल

काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे अभिरूचिपूर्वक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगका बारेमा छलफल भएको छ ।

मन्त्रालयका अनुसार एमसीसी कार्यान्वयन र जलवायु परिवर्तनको मुद्दामा पनि छलफल भएको छ ।

भेटमा पावरले अमेरिकी सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिन् भने मन्त्री पौड्यालले अ‍मेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved