काठमाडौं। वमुन्स प्रिमियर लिग (डब्लूपीएल) को अक्सनमा नेपालका ५ खेलाडीको नाम दर्ता गराइएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआईको आयोजनामा पहिलोपटक हुन लागेको लिगमा नेपालका ५ खेलाडीले नाम दर्ता गराएका हुन्।
नेपालका कप्तान रुबिना क्षेत्री बेलबासे, ब्याटर इन्दु बर्मा, तीव्र गतिका बलर कविता कुँवर, अश्मिना कर्माचार्य र अलराउन्डर सीता राना मगरको नाम अक्सनमा समावेश गरिएको छ।
लिगमा हरेक टोलीले १८ खेलाडी किन्न पाउनेछन्। हरेक टोलीले ७ विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान रहेको छ। जसमध्ये कम्तिमा १ जना एसोसिएट खेलाडी हुनुपर्ने प्रावधान रहेको छ।
सुरुआती ११ मा भने ५ विदेशी खेलाडीमध्ये १ एसोसियट हुनुपर्ने प्रावधान रहेको छ। यस प्रावधानले गर्दा नेपाली खेलाडी जोडिन सक्ने सम्भावना उच्च रहेको छ। बीसीसीआईका अनुसार १५०० खेलाडीले नाम दर्ता गराएका छन्।
कुल २२ खेल हुने सो लिग मार्च ४ देखि २६ सम्म आयोजना हुनेछ।
Facebook Comment
Comment