प्रधानमन्त्री प्रचण्ड र दलका प्रमुख सचेतकबीच छलफल सुरु

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र दलका प्रमुख सचेतकबीच छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल सुरु गरेका छन् ।

संसदको काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि प्रचण्डले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ ।

विगतमा संसदको बैठक औपचारिकताको लागि मात्रै बस्ने गरेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले अब संसद बैठकलाई कसरी जनतासँग जोड्ने भनेर छलफल गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved