संसदलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

नेपालभ्युज

संसदलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।

संसदको काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि प्रचण्डले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । छलफल अहिले विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा सुरु हुनेछ ।

विगतमा संसदको बैठक औपचारिकताको लागि मात्रै बस्ने गरेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले अब संसद बैठकलाई कसरी जनतासँग जोड्ने भनेर छलफल गर्न लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved