तोसिमा भन्छिन-रवि लामिछानेको साथमै रहेर इमानको नेतृत्व स्थापित गर्ने अभियानमा छौँ

नेपालभ्युज

तोसिमा भन्छिन-रवि लामिछानेको साथमै रहेर इमानको नेतृत्व स्थापित गर्ने अभियानमा छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफूहरुले जहिले पनि जनमतको सम्मान गर्ने बताएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएपछि कार्कीले सत्तामा रहेपनि नरहेपनि जनमुखी मुद्दाहरुमा सधैँ उभिने बताएकी हुन्। उनले निडर नेता तथा सभापति रवि लामिछानेको साथमा देशमा सुशासन, सुनिती, समृद्धि र इमानको नेतृत्व स्थापित गर्ने अभियानमा रहेको पनि उल्लेख गरेकी छिन् ।

गृहमन्त्री नपाएपछि हिजो आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । निर्णयपछि राति नै मन्त्रीहरुले राजीनामा दिएका छन् ।  तोसिमा कार्कीले लेखेकी छिन्-

जनमतको सदा सम्मान गर्छौँ गर्नेछौँ |

हामी जहाँ रहेपनि जनमुखी मुद्दाहरुमा सधैँ ऊभिनेछौँ |

जनता जनार्दनलाई शिरोपर गरी जनतामै आएका छौँ |

निडर लिडर रवि लामिछाने सभापतिज्युको साथमा मुलुकमा सुशासन सुनिती समृद्दी र ईमानको नेतृत्व स्थापित गर्ने अभियानमा छौँ| रहन्छौँ |

जय देश| जय जनता | जय घण्टी |


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved