नक्सालमा खुल्यो सौभाग्य बुटिक, जहाँ पाइन्छ स्मार्ट र युनिक पहिरन

अहिले मानिसहरू स्मार्ट र सुन्दर देखिन चाहन्छन्। त्यसैले पहिरनका शोरुमहरूमा पनि विविधता देखा पर्दैछन्। मानिसको जीवनशैलीसँग जोडिएको पहिरनलाई ध्यानमा राख्दै काठमाडौंमा अत्याधुनिक र शानदार बुटक सञ्चालनमा आएको छ। काठमाडौंको टंगालमा रहेको पाल्की क्लोथिङको अर्को शाखाको रूपमा नक्सालमा ‘सौभाग्य’ बुटिक खुलेको हो

नेपालभ्युज

नक्सालमा खुल्यो सौभाग्य बुटिक, जहाँ पाइन्छ स्मार्ट र युनिक पहिरन

काठमाडौं। आधुनिकताको कलेवरमा रङ्गिँदै गएको काठमाडौं सहर। जहाँ धेरैले आफूलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरनलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन्।

अहिले मानिसहरू स्मार्ट र सुन्दर देखिन चाहन्छन्। त्यसैले पहिरनका शोरुमहरूमा पनि विविधता देखा पर्दैछन्। मानिसको जीवनशैलीसँग जोडिएको पहिरनलाई ध्यानमा राख्दै काठमाडौंमा अत्याधुनिक र शानदार बुटक सञ्चालनमा आएको छ।

काठमाडौंको टंगालमा रहेको पाल्की क्लोथिङको अर्को शाखाको रूपमा नक्सालमा ‘सौभाग्य’ बुटिक खुलेको हो। समाजसेवी मीना राणाले महिलाका पहिरनका सम्पूर्ण सामग्री रहेको ‘सौभाग्य’ सञ्चालनमा ल्याएकी हुन्।

नक्सालको हिमाल अस्पताल नजिकको चारतले भवनमा पसल सञ्चालनमा आएको हो। यो बुटिकमा महिला वर्गको लागि लक्षित गरी आधुनिक तथा आकर्षक डिजाइनका कुर्ता, टप्स, लेहङ्गा, साडी, गाउन, गहना व्लाउजहरुलगायत सम्पूर्ण लेडिज पहिरनहरू उपलब्ध छन्।

सौभाग्यमा जहाँ झट्ट हेर्दा चिटिक्क देखिने, सबैको आँखा पर्ने तथा भिडमा अलग देखिनेलगायतका आफ्ना रोजाइ अनुसारका पहिरन पाइन्छ। समयानुकूल जाडो र गर्मीमा लगाउने तथा स्टाइलिस एवं ग्ल्यामरस देखिने सबै खालका पाइने सञ्चालक मिना राणा बताउँछिन्।

‘सौभाग्य’ मा बजारमा चलेको ट्रेन्ड र आफूलाई सुहाउने खालका पहिरन पाइने सञ्चालक मिना राणाले बताइन्। उनले भनिन् ‘‘कुनै सेलिब्रेटीले अपनाएको पहिरनदेखि आफूलाई चिटिक्क र सुहाउँदो देखिने सबै खालमा पहिरन सुपथ मूल्यमा पाइन्छ। एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, अरुलाई त्यो सुहाउँदो नहुन सक्छ। एउटा व्यक्तिको सौन्दर्य जुन किसिमको रङ्गले खुल्छ, अरूको सौन्दर्य त्यही रङ्गले नखुल्न सक्छ। हामीकहाँ सबैलाई मिल्ने, सुहाउने, खुल्ने खालको पहिरन पाइन्छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved