सडकमा तरकारी फालेपछि रवि भन्छन्- प्रिय चितवन, केही दिनमा भेट्न आउँदैछु

नेपालभ्युज

सडकमा तरकारी फालेपछि रवि भन्छन्- प्रिय चितवन, केही दिनमा भेट्न आउँदैछु

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका किसानले सडकमै तरकारी  फालेपछि केहिदिनमा भेट्न जाने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमा एक सन्देश शेयर गर्दै आफू केहिदिनमा चितवन जाने जानकारी दिएका हुन् ।

‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान’, उनले फेसबुकमा लेखेका छन्, ‘देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन।’

उनले प्रतिकेजी ५ रुपैयाँमा पनि नबिकेपछि किसानले सडकमै तरकारी फ्याक्नुपर्ने बाध्यतामा रहेको  बताएका छन् । उनले किसानले तरकारी फ्याक्नुपर्ने दर्दनाक अवस्था आफूले सहन नसक्ने समेत बताएका छन्।

‘किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागिपर्ने छौँ’, उनले अगाडि थपे, ‘समस्या थाहा छ, समाधान खोज्ने छौँ। प्रिय, चितवन, केही दिनमा भेट्न आउँदैछु है।’

भारतीय तरकारीका कारण नेपाली तरकारी बजारबाटै विस्थापित भएको भन्दै चितवनका किसानहरुले शुक्रबार नारायणगढको पुल्चोकमा तरकारी फाल्दै विरोध प्रदर्शन गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved