साफ यू–२० महिला च्याम्पियनसिप : भुटानको पोस्टमा भारतको एक दर्जन गोल

नेपालभ्युज

साफ यू–२० महिला च्याम्पियनसिप : भुटानको पोस्टमा भारतको एक दर्जन गोल

काठमाडौं ।  साफ यू–२० महिला च्याम्पियनसिपमा भारतले शान्दार जित निकालेको छ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानको पोस्टमा एक दर्जन गोल गरेको हो।

भारतको लागि अनिता, लिन्डा र नेहाले ह्याट्रिक गोल गरे। अपूर्णले २ तथा नितुले १ गोल गरिन्।

अर्को खेलमा नेपाल र बङ्गलादेश नेपाली समयअनुसार साँझ पौने ७ बजे आमने सामने हुनेछन्।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागीता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved