बलात्कारका अभियुक्त सन्दीपलाई टिममा राखेपछि क्यानको चर्को आलोचना

सामाजिक संजालमा #bycottCAN ह्याशट्याग प्रयोग गर्दै चर्को विरोध सुरु भएको हो । आलोचना गर्नेहरुले बलात्कारको मुद्दा चलिरहेका बेला क्यानले सन्दीपलाई टिममा राखेर पीडितलाई थप पीडा दिएको बताएका छन् ।

नेपालभ्युज

बलात्कारका अभियुक्त सन्दीपलाई टिममा राखेपछि क्यानको चर्को आलोचना

काठमाडौं। बलात्कारको मुद्दा झेलिरहेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेपछि नेपाल क्रिकेट संघ (क्यान) को चर्को आलोचना भएको छ । विश्वकप लिग–२ का लागि क्यानले सन्दीपलाई समेत राखेर टिम घोषणा गरेको थियो ।

यससँगै सामाजिक संजालमा #bycottCAN ह्याशट्याग प्रयोग गर्दै चर्को विरोध सुरु भएको हो । आलोचना गर्नेहरुले बलात्कारको मुद्दा चलिरहेका बेला क्यानले सन्दीपलाई टिममा राखेर पीडितलाई थप पीडा दिएको बताएका छन् ।

उच्च अदालतले सन्दीपलाई क्रिकेट नखेलाउन नभनेको तर्क क्यानको छ । बिहीबार राति क्यानले टोली घोषणा गर्दा सन्दीपलाई अन्तिम २० मा समावेश गरेको थियो।

जबरजस्ती करणीको मुद्दामा धरौटीमा छुटे लगत्तै क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । सामाजिक संजालमा क्यानलाई निलम्बन गर्नुपर्ने माग समेत उठेको छ ।

एकजना समाजिक संजालका प्रयोगकर्ता अमृत लम्सालले, ‘भोलि १ बजे माइतीघर। हेल्लो क्यान बलात्कार तिम्रा लागि सामान्य घटना हो ?’ भन्दै प्रश्न गरेका छन्।

वसन्त गौतम लेख्छन्, ‘बलात्कारीको अखडा’ बनुञ्जेल क्यान बहिष्कार गरौं !’, ‘अर्को बलात्कारको लाइसेन्स दिइयो राष्ट्रको गहना लाई!’

‘क्यान–बलात्कार अभियुक्तलाई अदालतबाट सफाई नपाएसम्म कसरी बन्द प्रशिक्षणमा समावेश गर्न सक्छौँ?’, दिवस कंडेलले ट्विटरमा प्रश्न गरेका छन् ।

द्धैपयन रेग्मी ट्विटरमा लेख्छन्, ‘पूर्ण पाठ नआए सम्म एउटा लामिछानेलाई मन्त्री नदिने रे, अनि पूर्ण पाठ नआई अर्को लामिछानेलाई स-सम्मान राष्ट्रिय टिममा समावेस गरिनु – न्यायालयको बेईज्जत मात्र हैन, न्याय प्रतिको बेवास्ता समेत हो!’

सुजाता ढुङ्गाना लेख्छिन्, ‘हिजाेसम्म सन्दीपमा कसरी त्याे अहमता आयाे भन्ने थियो, आज स्पष्ट भयाे सन्दीपकाे मात्रै हैन क्यानकाे स्कुलिङ नै गलत रहेछ । सिंगाे क्यान नै खेलाडी हैन अपराधी मानसिकता उत्पादनका लागि क्रियाशील रहेछ ।’

अधिकारकर्मी र समाजिक अभियन्ताले समेत क्यानको कदमको विरोध गरेका छन् ।

क्यानले घोषणा गरेको टिम :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved