‘स्वत: निर्वाचित’ हुने सम्भावना खोज्दै उमेश, भन्छन्- यस्तो अवस्थामा नजिर बन्नुपर्छ

चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ बाट ठूलो मतान्तरका साथ निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ‘स्वत: निर्वाचित’ हुने सम्भावना खोज्नमा जुटेका छन् ।

नेपालभ्युज

‘स्वत: निर्वाचित’ हुने सम्भावना खोज्दै उमेश, भन्छन्- यस्तो अवस्थामा नजिर बन्नुपर्छ

काठमाडौं । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ बाट ठूलो मतान्तरका साथ निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ‘स्वत: निर्वाचित’ हुने सम्भावना खोज्नमा जुटेका छन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रवि उमेशलाई ३४ हजार २ ८१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । रविले ४९ हजार २६४ मत प्राप्त गर्दा उमेशको पक्षमा १४ हजार ९८३ मात्रै मत खसेको थियो । तर, रविको सांसद पद नै खारेज भएपछि उमेशले स्वत: निर्वाचित हुने सम्भावना खोज्न थालेका हुन् ।

नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत माघ १३ गते रविको सांसद पद खारेज भएको फैसला सुनाएको थियो । यसपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविले पार्टी सभापति पदसमेत गुमाउनु परेको थियो । माघ १५ गते नै नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा गरेका रवि त्यही दिन पार्टी सभापति पदमा पुन:बहाली भएका भएपनि सांसद पद पुन:प्राप्त गर्ने व्यवस्था संविधानमा छैन ।

अहिले चितवन २ सांसदविहीन बनेको छ । अब त्यहाँ उपनिर्वाचन हुने चर्चा भइरहँदा उमेशले भने स्वत: निर्वाचित हुने सम्भावना खोज्न थालेका हुन् । उनले यस्तो अवस्थामा नजिर बन्नु जरुरी रहने बताउँछन् । ‘यस्तो अवस्थामा नजिर बन्नू जरुरी रहन्छ,’ उमेशले नेपालभ्यूजसँग भने, ‘नजिर बनेको खण्डमा आगामी दिनका लागि पनि सहज हुन्छ ।’

अहिले आफू काठमाडौंबाहिर जानकारी दिँदै उनले भने, ‘अहिले त म काठमाडौंबाहिर छु । २ या ३ दिनमा काठमाडौं फर्किन्छु र त्यसका लागि संवैधानिक तथा कानूनी परामर्श लिएर अगाडि बढ्नेछु । मलाई धेरै साथीहरूले पनि यसबारे बुझ्नू भनेर भनुभएको छ । म यसका लागि पहल गर्नेछु ।’

उमेश रविको मनोनयन दर्तामाथि नै प्रश्न उब्जिएको बताउँछन् । ‘उहाँको सांसद पद खारेज हुनू त एउटा पाटो हो । तर अब त्यहाँ नागरिकताकै सवाल उठिसकेपछि त उहाँको मनोनयन दर्ता नै नभएको भन्ने पनि सवाल उठ्ला,’ उनले भनेका छन्, ‘यस सम्बन्धमा जानकारहरूसँग परामर्श लिएर अगाडि जान्छु, पहल गर्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved