जसपा र नागरिक उन्मुक्तिबीच पार्टी एकताबारे छलफल, नेताहरू भन्छन्- एक हुन सक्छौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणको प्रयास सुरू भएको छ ।

नेपालभ्युज

जसपा र नागरिक उन्मुक्तिबीच पार्टी एकताबारे छलफल, नेताहरू भन्छन्- एक हुन सक्छौँ

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणको प्रयास सुरू भएको छ ।

मंगलबार (आज) जसपाको तर्फबाट गठित वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा श्रेष्ठ र चौधरीबीच विगतका समीक्षासँगै पार्टी एकीकरणको सम्भावनाबारे छलफल भएको थियो ।

१ घण्टा लामो वार्ताका क्रममा उनीहरूबीच पार्टी एकीकरणका लागि भावी दिनमा पनि छलफल गर्दै अगाडि बढ्ने सहमति बनेको छ ।

रेशम नाउपा खोल्नुअघि जसपाकै कार्यकारिणी सदस्य हुन् । त्यसैले उनीसँग पार्टी एकीकरण सहजरूपमा हुनसक्ने जसपा प्रवक्ता मनिष सुमनको आकलन छ । ‘उहाँ पहिले पनि जसपाकै नेता हुनुहुन्थ्यो । त्यसैले पनि उहाँसँग सहजरूपमा पार्टी एकीकरण हुनसक्छ भन्ने हाम्रो बुझाइ हो,’ उनले भने ।

यसअघि नेपालभ्यूजको भ्युज-टक कार्यक्रममा बोल्दै उनले मधेसका शक्तिहरू एउटै कित्तामा उभिन सक्ने बताएका थिए । उनले थपे, ‘पार्टी एक हुनसक्छ । त्यसका लागि आगामी दिनमा छलफल निरन्तररूपमा हुनेछ ।’

नागरिक उन्मुक्तिका नेताहरूले पनि एकताको लागि गरिने प्रयासहरूलाई ननकार्ने बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved