स्वास्थ्यमन्त्री गिरीको निर्देशन : गुणस्तरहीन औषधि धेरै बिक्री भएको गुनासो छ, निगरानी बढाउनुस्

नेपालभ्युज

स्वास्थ्यमन्त्री गिरीको निर्देशन : गुणस्तरहीन औषधि धेरै बिक्री भएको गुनासो छ, निगरानी बढाउनुस्

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् ।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे ।

उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरू प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।

‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । तपाईहरूले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो । पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ ।’  यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन ।’ उनले भने, ‘गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् ।’

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै नयाँ निर्माण गरेर अघि बढ्न निर्देशन दिए ।  उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आउन आग्रह पनि गरे ।

नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने भन्दै मन्त्री गिरीले नविकरणसम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved