माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेपालभ्युज

काठमाडौं। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा रिक्त मन्त्रालयसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

नागरिकता विवाद सम्बन्धमा परेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै हेरिरहेका छन् ।

यसअघि सोमबार बसेको बैठकमा नेताहरूले ‘गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्रीसँगै रहनूपर्छ’ भनेर धारणा राखेका थिए । आजको बैठकले मूलत: यही विषयमा छलफलपश्चात् निर्णय लिनेछ ।

यस्तै बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल हुने सचिव लीलामणि पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved