नागरिकता प्राप्तिपछि प्रधानमन्त्री प्रचण्डसँग रविको भेटवार्ता

नेपालभ्युज

नागरिकता प्राप्तिपछि प्रधानमन्त्री प्रचण्डसँग रविको भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नागरिकता पुनर्प्राप्ति गरेपछि लामिछाने आइतबार बेलुका प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेका थिए । आइतबार नै नागरिकता लिएसँगै उनी पार्टीको सभापति समेत फर्किएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले फेरि सरकारमा सहभागी हुने मनसाय व्यक्त गरेका छन् । उनले सिधै मन्त्री बनाउन नभने पनि संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved