सर्वोच्च अदालत अगाडि रविको पक्षमा प्रदर्शन, केही समर्थक पक्राउ

सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रविको नागरिकता कायम नगरेको ठहर गर्दै पद खारेज गरिदिएपछि समर्थकले प्रदर्शन गरेका हुन् । 

नेपालभ्युज

सर्वोच्च अदालत अगाडि रविको पक्षमा प्रदर्शन, केही समर्थक पक्राउ

काठमाडौं। रवी लामिछानेको पक्षमा प्रदर्शन भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रविको नागरिकता कायम नगरेको ठहर गर्दै पद खारेज गरिदिएपछि समर्थकले प्रदर्शन गरेका हुन् ।

रविको पक्षमा सर्वोच्च अगाडि प्रदर्शन गर्ने केही पक्राउ परेका छन्। सर्वोच्च परिसरबाट केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले निर्वाचन आयोगविरुद्ध पनि नाराबाजी गरेका छन्।

आजै सर्वोच्चको संवैधानिक इजलासले रविको नागरिकता मुद्दामा फैसला सुनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved