मधेस प्रदेशमा मन्त्रीले पाए जिम्मेवारी, जनमतले पाएन रोजेको मन्त्रालय

नेपालभ्युज

मधेस प्रदेशमा मन्त्रीले पाए जिम्मेवारी, जनमतले पाएन रोजेको मन्त्रालय

काठमाडौं । मधेस प्रदेशमा मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि विनाविभागीय रहेका मधेस प्रदेशका मन्त्रीहरूलाई विहीबार मन्त्रालय तोकिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, जनता समाजवादी पार्टीबाट मन्त्री भएका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीबाट मन्त्री भएका वसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकोे जिम्मेवारी तोकेका हुन् ।

जनमतका कुशवाहाले यसअघि सामाजिक विकास मन्त्रालय पाउने सहमति बनेको थियो । उनले उक्त मन्त्रालय पाएको भन्दै बधाइ खाइसके पनि अन्तिममा उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिइएको हो ।

जनमत मधेश प्रदेशको तेस्रो ठूलो दल हो । पूर्वसहमति अनुसार मन्त्रालय नपाएपछि जनमत पार्टी बिच्किएको छ ।

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । यसअघि एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिनेगरी सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved