संसद्मा चित्रबहादुर केसीले सुनाए ‘रुख काट्ने सात भाइ’को कथा

‘‘सरकार बन्नुभन्दा अगाडि ठूला कुरा गरेकाहरूको रेकर्ड कस्तो आएको छ ? सबै नालायक भए, अब नयाँ आउनुपर्छ भन्ने मुलुकभर हल्ला गरे, तर नयाँ आउने बित्तिकै देखिहालियो कस्तो गर्दैछन् । गृहमन्त्रीको के छ रेकर्ड ? शहरी विकास मन्त्रीको रेकर्ड कस्तो छ ? हेर्नु त,’’ उनले भने ।

नेपालभ्युज

संसद्मा चित्रबहादुर केसीले सुनाए ‘रुख काट्ने सात भाइ’को कथा

काठमाडौं। संसद्मा चित्रबहादुर केसीले तत्कालीन गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको विषयलाई साता भाइको रुख काट्ने कथासँग तुलना गरेका छन्। सभामुख चुनावको प्रक्रियामा भएको छलफलमा भाग लिँदै केसीले वर्तमान राजनीतिक अवस्थालाई कथाको विम्बमार्फत प्रस्ट्याए।

‘‘हलो काट्न भनेर सात भाइ बन्चरो लिएर वनाँ गएछन्। भीरमा हलो काट्ने रूख रहेछ। के विचार गरेछन् भने, यो चैँ रूख ढलेर तल गयो भने काठ सम्पै काम लाग्दैन। त्यसो भएर दुई भाइले चैँ रूखमा कम्मरमा बाँधेर रूख उँभो तान्ने। पाँच भाइले फेद काट्ने। त्यसो गरेपछि रूख तल जान्न र हलो चैँ सग्लासग्ली बाँड्न पाइन्छ भनेर मतधुधु गरेछन्। पाँच भाइ चैँ फेदमा गएर गिँड्न थालेछन्। अनि दुई भाइले कम्मरमा बाँधेर त्यत्रो रूख उँभो तान्नलाई बसे। रूख त गइगो। गड्याम्म झर्यो‍ तल। पाँच भाइ चैँ गइहाले रूखसित। अनि माथि बाँधेर बसेका चैँ हामी हलो काट्ने, यिनी राम्रो राम्रो दाउरा रोज्न पो गए भनेर ती दुई भाइ पनि गएछन्। त्यस्तै भयो अहिले’’ केसीले भने।

केसीले सरकार बन्नुअगाडि ठूला कुरा गर्ने गृहमन्त्री रवि लामिछानेसहितको रेकर्ड शुरूबाटै राम्रो नदेखिएको आरोप लगाए।

उनले इमान, जमान र नागरिकसँग गरिएका वाचा सबैले बेवास्ता गरेको बताए।

‘‘सरकार बन्नुभन्दा अगाडि ठूला कुरा गरेकाहरूको रेकर्ड कस्तो आएको छ ? सबै नालायक भए, अब नयाँ आउनुपर्छ भन्ने मुलुकभर हल्ला गरे, तर नयाँ आउने बित्तिकै देखिहालियो कस्तो गर्दैछन् । गृहमन्त्रीको के छ रेकर्ड ? शहरी विकास मन्त्रीको रेकर्ड कस्तो छ ? हेर्नु त,’’ उनले भने ।


Comment

One thought on “संसद्मा चित्रबहादुर केसीले सुनाए ‘रुख काट्ने सात भाइ’को कथा

  1. चित्रबहादुर के.सि. ले समसामयिक विषयमा मिल्दोजुल्दो कथा भने पनि अलि कथा भनेको मिलेन । पाँच भाइ कम्मरमा डोरि कसेर तान्न बसेको हुनुपर्छ र दुई भाइ काट्न थालेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved