बलिदान दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

बलिदान दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेशमा आज बलिदान दिवस मनाइँदैछ । प्रदेश सरकारले दिवसका अवसरमा आज सार्वजनिक दिएको छ।

प्रदेश राजपत्रमा उल्लेखित बलिदान दिवसको अवसरमा माघ ५ गते सार्वजनिक बिदा दिइएको हो ।

प्रथम मधेस आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोले शहादत पाएको स्मरण गर्दै बलिदानी दिवस मनाउँने गरिएको छ । प्रथम  मधेस आन्दोलनको  १६ वर्ष पूरा भएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताले अन्तरिम संविधानको प्रतिलिपि जलाउँदा प्रहरीले पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भएका थिए । त्यसपछि मधेसभर आन्दोलन चर्किएको थियो ।

प्रदेश सरकारसहित मधेस केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved