जसपाले बोलायो पदाधिकारी बैठक

नेपालभ्युज

जसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग सहमति भए मात्र सरकारमा जाने बताए ।

जसपाका केही मागहरू छन्, ती मागको सम्बोधन हुनुपर्‍यो, मन्त्रालय भागबन्डादेखि अन्य नियुक्तिमा पनि सम्मानजनक सहभागिता गराए मात्र सरकारमा जान्छौँ, उनले भने ।

सरकारलाई समर्थन तथा विश्वासको मत दिनका लागि मात्र सत्ता साझेदारी दलसँग सहमति भएको थियो, उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने र उहाँलाई संसदमा विश्वासको मत दिने भनि सहमति भएको हो त्यसबाहेक अरु कुनै कुरामा सहमति भएको छैन, सहमति नै नगरिकन सरकारमा जाने कुरा हुँदैन ।’

उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा केही कुराहरू समेटेकाले मात्रै सरकारलाई समर्थन गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved