गोपाल किरातीको आह्वान- ‘किरात देश जागरणमा जुटौँ’

नेपालभ्युज

गोपाल किरातीको आह्वान- ‘किरात देश जागरणमा जुटौँ’

काठमाडौं । पूर्वमन्त्री गोपाल किरातीले ‘किरात देश जागरण’ मा जुट्न आह्वान गरेका छन् । माघ १ गते मनाइएको ‘राष्ट्रिय विभूति यलम्बर दिवश तथा किरात देश जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले यस्तो आह्वान गरेका हुन् ।

किरात प्रदेश दिन राज्य पक्षले कञ्जुस्याइँ गरेको उल्लेख गर्दै किरातीले त्यसको प्रतिवादमा किरात देश नै माग्नुपर्ने बताए । ‘प्रदेश सभाको दुई तिहाइले प्रदेशको नामाकरण गर्ने संवैधानिक व्यवस्था भएपनि मधेशबाहेक खसानदेखि लिम्बूवान्‌सम्मका आदिवासीहरूको राजकीय पहिचान कतै सम्बोधन गरिएन । आदिवासी जनजातिको सन्दर्भमा जंगबहादुर राणाको मासिने मतुवाली कानून यथावत् राखियो,’ सम्बोधनका क्रममा किरातीले भनेका छन्, ‘अब किरात देश नै माग्नुपर्ने देखियो ।’

उनले यलम्बर नेपालमा संगठित राज्यको संस्थापक राजा रहेको दाबीसमेत गरे । ‘नेपालमा संठगित राज्यको संस्थापक राजा यलम्बर हुन् । यसको निम्ति इतिहासकारहरूले प्रशस्त प्रमाणहरू पनि दिएका छन् । किरात देशको प्रसङ्ग जहाँ आउँछ, त्यहाँ यलम्बरको तस्वीर खडा हुन्छ । यसरी यलम्बर दिवश आयोजक समिति गठन गर्दै किरात देश जागरण अभियानद्वारा अघि बढ्ने निर्णय गरियो,’ उनले भनेका छन् ।

किरातीले ३ बुँदे मागसमेत गरेका छन् । प्रत्येक माघ १ गते विभिन्न कार्यक्रमसहित धुमधामले यलम्बर दिवस मनाउनुपर्ने, प्रत्येक स्थानीय तहमा ‘यलम्बर दिवस आयोजक समिति गठन गरी’ यलम्बर पार्क निर्माणको पहल र यलम्बरको सानदार शालिक स्थापना गर्नुपर्ने माग गरिएको छ ।

यस्तै यलम्बर दिवसको स्थानीय समितिहरू निर्माण तथा ती समितिका प्रतिनिधिहरूको वार्षिक राष्ट्रिय भेला आगामी २०८० माघ १ गते कोठुगाउँ, बेलकामा आयोजन गर्ने यलम्बर दिवस केन्द्रीय आयोजक समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved