गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित

नेपालभ्युज

गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित

पोखरा। गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। सत्तारूढ ‍गठबन्धनबाट उम्मेदवार बनेका उनले ३२ मत प्राप्त गरे  भने विपक्षमा २६ मत आएको छ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।

उनले बहुमत ल्याएपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी सरस्वती अर्यालका लागि मतविभाजन गर्नुपरेन। यहाँ नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो।

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved