हाप्किडोको अन्तराष्ट्रिय सेमिनार काठमाडौंमा हुने

नेपालभ्युज

हाप्किडोको अन्तराष्ट्रिय सेमिनार काठमाडौंमा हुने

काठमाडौं। दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार फेब्रुअरी ४ र ५ मा काठमाडौंमा आयोजना हुने भएको छ ।  नेपाल हाप्किडो संघका अध्यक्ष मगरले कार्यक्रमले हाप्किडा खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको बताउदै प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामिण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको जानकारी गराए ।

साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो संघको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन् ।

नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि बिचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो ।

ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज, मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायतले सो सेमिनारमा प्रशिक्षण दिने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved