यस्तो रहेछ कांग्रेसले प्रचण्डलाई विस्वासको मत दिनुको कारण, शेखरले खोले मुख

नेपालभ्युज

यस्तो रहेछ कांग्रेसले प्रचण्डलाई विस्वासको मत दिनुको कारण, शेखरले खोले मुख

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिनुको कारणबारे मुख खोलेका छन् । बिहीबार विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै सांसद कोइरालाले यसबारे मुख खोलेका हुन् ।

उनले  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको स्पष्ट पारे ।  राष्ट्रपति र उपराष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग हुन्छ कि भनेर  विश्वासको मत दिएको उनले बताए ।

कोइरालाले भने,  ‘राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव हुँदैछ, त्यसमा देशभरिका प्रदेश सभा सदस्यले पनि मत दिन पाउँछन्, त्यसमा सहयोग हुन्छ कि भनेर हामीले त्यस्तो गरेको हो।’

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा संसदमा असाधारण विस्वासको मत पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved