नेपाली कांग्रेससँग कुनै सम्झौता गरेको छैन : प्रचण्ड

नेपाली कांग्रेसका शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसीसहित ९ जना सांसदहरुले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति विरोध जनाएका थिए । 

नेपालभ्युज

नेपाली कांग्रेससँग कुनै सम्झौता गरेको छैन : प्रचण्ड

काठमाडौं । संसद्‌मा ९९ प्रतिशत विश्वासको मत हासिल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारका लागि समर्थन लिने क्रममा नेपाली कांग्रेससँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले  २६८ जना सांसदबाट विश्वासको मत पाएपछि संसदभवनबाट बाहिरिने क्रममा  सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेससँग कुनै सम्झौता गरेको छैन’, संचारकर्मीहरुसँग उनले भने ।

नेपाली कांग्रेसका शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसीसहित ९ जना सांसदहरुले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति विरोध जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र) सँगै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी र २ स्वतन्त्र सांसदहरूले विस्वासको मत दिएका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved