लिङ्देनले भने-राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनि हीनताबोध गर्नुपर्दैन

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिने क्रममा छलफलमा सहभागी हुँदै लिङ्देनले ‘राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले पनि हीनताबोध गर्नुनपर्ने’ बताए।

नेपालभ्युज

लिङ्देनले भने-राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनि हीनताबोध गर्नुपर्दैन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा बिदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिने क्रममा छलफलमा सहभागी हुँदै लिङ्देनले ‘राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले पनि हीनताबोध गर्नुनपर्ने’ बताए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि संसदबाटै लिङ्देनले स्वागत गरे। सरकारमा सहभागी हुन राप्रपाले पृथ्वी जयन्तीमा बिदा माग गरेका थिए।

उनले भने ‘‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हीनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ। हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरूको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved