देउवा निवास पुगेर प्रचण्डले मागे विश्वासको मत, पाए सकारात्मक जवाफ

नेपालभ्युज

देउवा निवास पुगेर प्रचण्डले मागे विश्वासको मत, पाए सकारात्मक जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका छन् ।

विश्वासको मत माग्नका लागि प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे निर्णय नगरेपनि देउवाले भने सकारात्मक जवाफ दिएका छन् ।

कांग्रेसले यसबारे निर्णय गर्न भोलि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रचण्डले मंगलबार नै संसदमा विश्वासको मत लिँदैछन् । देउवाले नयाँ सरकारलाई विश्वासको मत दिन आफू सकारात्मक रहेको र यसबारे भोलि विहान छलफल गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved