जनकपुरलाई हराउँदै लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगको फाइनलमा

नेपालभ्युज

जनकपुरलाई हराउँदै लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगको फाइनलमा

काठमाडौं। लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगका फाइनलमा पुगेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको क्वालिफायरमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई ६ रनले पराजित गरेको हो।

पराजित भएको जनकपुरले अर्को एउटा मौका पाउनेछ । उसले एलिमिनेटरको विजेतासँग फाइनल पुग्नको लागि प्रतिस्पर्धा गर्नेछ ।

१४४ रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १३७ रन मात्रै बनायो। जनकपुरका समिउल्लाह शिनवारी ले ४५ र राजेश पुलामीले ३० रन जोडे। लुम्बिनीका दीपेन्द्र सिंह ऐरी, विपुल शर्मा र सागर ढकालले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । इशान पाण्डेले ३८ र अनिल साहले २४ रन बनाए । जनकपुरका अशान प्रियान्जन र सामपाल कामीले २–२ विकेट लिए ।

सोमबार एलिमिनेटरमा विराटनगर सुपरकिङ्स र काठमाडौं नाइट्स भिड्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved