सर्वोच्च बारको अध्यक्षमा निरौला विजयी

सर्वोच्च बारको अध्यक्षमा निरौला विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा निरौलाले वरिष्ठ अधिवक्ता तुलसी भट्टराईलाई पराजित गरेका हुन्। विजयी भएका निरौलाले २८९ मत पाउँदा भट्टले २७५ मत मात्र  पाए।

यस्तै उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे, सचिवमा श्यामकुमार खत्री, सहसचिवमा सुजन लोप्चन, कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल र महिला सदस्यमा सिर्जना कँडेल निर्वाचित भएका छन् ।

यसैगरी खुला सदस्यहरुमा उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी, प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved