गुर्जुधाराको यातायात कार्यालयबाट २६ जना बिचौलिया पक्राउ

कर्मचारीको पनि मिलेमतो रहेको सेवाग्राहीको आरोप

नेपालभ्युज

गुर्जुधाराको यातायात कार्यालयबाट २६ जना बिचौलिया पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिकाको गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले मोटो रकम असुल्ने गरेको आरोप छ ।

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए ।

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको सेवाग्राहीको आरोप छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved