नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्ने

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको बैठक पुस २४ गते बस्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएकोले एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग भएको पाण्डेले बताए ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved