प्रचण्ड सरकारमा प्रतिगमनकारी र पुनःउत्थानवादीहरू पनि छन्ः झलनाथ खनाल

नेपालभ्युज

प्रचण्ड सरकारमा प्रतिगमनकारी र पुनःउत्थानवादीहरू पनि छन्ः झलनाथ खनाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको छ ।’

उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए । उनले नेकपा भने, ‘सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल छन् ।’

प्रचण्ड नेतृत्वको सरकारमा जाने नजाने बारेमा छलफल चलिरहेको उनले बताए । ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ,’ उनले भने, ‘वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन् ।’

सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादी लगायतका शक्ति रहेकोले यो सरकारको नीति तथा कार्यक्रम स्पष्ट नरहेको उनले बताए । ‘झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ,’ उनले भने ।

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved