एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्ने

नेपालभ्युज

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्ने भएको छ ।

शनिबारबाट सुरू भएको स्थायी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकार, वामपन्थी एकता र भावी रणनीतिका बारेमा छलफल गरिरहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी महासचिव डा. बेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि पेश गरेको प्रस्ताव र पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेको धारणामाथि बैठकमा सहभागी नेताहरूले धारणा राखिरहेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारको समर्थनको विषयमा केही नेताहरूले फरक मत राखिरहेका छन् । समर्थन मात्रै गर्ने कि सरकारमा सहभागी नै हुने भन्ने विषयमा नेताहरू दुई धारमा विभाजित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved