प्रकाशशरण महतले मलाई झम्टन खोजेको भन्ने समाचारमा सत्यता छैन : पूर्णबहादुर खड्का

नेपालभ्युज

प्रकाशशरण महतले मलाई झम्टन खोजेको भन्ने समाचारमा सत्यता छैन : पूर्णबहादुर खड्का
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको प्रष्टीकरण दिएका छन् ।

आफूहरूबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको सामाजिक सञ्जाल ट्विटरमार्फत स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूबीच भएको मात्र हो ।’

May be an image of 1 person and text that says 'Purna Bahadur... बालुवाटारमा पार्टी प्रबक्ता .प्रकासशरण महतले मलाई भम्टेको, हातपात गर्न कोशिस गरेको भनी संचारमाध्यम र सामाजिक सन्जालमा केहिदिन देखि सम्प्रेषण भएको बिषयमा मेरो गंभीर ध्यानाकार्षण भएको छायो कुरा सत्य होईन केही मुदधामा फरक तरिकाको बहस हामी साथीहरुका बिच भएको मात्र हो'


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved