बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास  छाडेपछि बुधबार प्रचण्ड बालुवाटार सरेका हुन् ।

देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।

बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्न प्रचण्डले यसअघि नै निर्देशन दिइसकेका छन् ।

प्रचण्डको परिवारले ज्योतिषी टीकाराम घिमिरेलाई बालुवाटार प्रवेशकाे साइत जुराउन आग्रह गरेको थियो ।

सो आग्रह भए बमोजिम आफूले साँझ पाँच बजेकाे समय तय गरेको घिमिरेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved