गण्डकी ११ कासेरेन्योसँग पराजित

नेपालभ्युज

गण्डकी ११ कासेरेन्योसँग पराजित

काठमाडौं। गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ सम्मेलित गण्डकी–११ स्पेनिस क्लब कासेरेन्योसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा गण्डकी–११ कासेरेन्योसँग ३–० ले पराजित भएको हो।

कासेरेन्योको लागि कार्मेलो मेरेन्सियानो मोरा र मिशेल क्यारिलेरोले गोल गरे। खेलको २२ औँ मिनेटमा कार्मेलोले गोल गर्दै कासेरेन्योले अग्रता लियो। २९ औँ मिनेटमा क्यारिलेरोले अग्रता दोब्बर बनाए।खेलको ८४ औँ मिनेटमा कासेरेन्योले पोष्टमा गरेको प्रहारलाई अफसाइड दिइएको थियो। सर्जियो एनरिक बर्मुडेज फेरेरेसले कासेरेन्योका लागि ८८ औँ मिनेटमा तेस्रो गोल गरे।

खेलको ७३ औँ मिनेटमा गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ मैदान प्रवेश गरे। जर्सी नम्बर ४ लगाएर मैदान प्रवेश गरेका गुरुङले डिफेन्डरको भूमिका निभाएका थिए । कासेरेन्यो टोली आज नै काठमाडौं फर्कने छ।

पुस १४ गते हुने अर्को खेलमा काठमाडौं–११ र कासेरेन्यो आमनेसामने हुनेछन्। दशरथ रंगशालामा हुने काठमाडौं–११ को कमानी नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले गर्दैछन्। काठमाडौं–११ को प्रशिक्षकमा भने मेघराज केसी रहेका छन्।

कासेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडी, ला लिगा फुटबल क्लब रियल म्याड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडमा खेलेका खेलाडीहरूको सहभागिता रहनेछ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ एन्फा, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा २ खेल आयोजना गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved