रक्तदान गर्नु शरीरका लागि ठिक वा बेठिक ?

नेपालभ्युज

रक्तदान गर्नु शरीरका लागि ठिक वा बेठिक ?

एजेन्सी। रगत दान गर्नु जहिलेपनि राम्रो काम मानिएको छ । तपाईको रक्तदानले कसैको जीवन बचिरहेको हुन्छ ।

तर कतिपय मानिसहरुको दिमागमा रक्तदान गर्दा शरीरमा रोग आउँछ, शरीर कमजोरी बनाउँछ वा एचआईभी हुन्छ भन्ने खालका गलत धारणा बसेका छन् । तर यस्तो केही पनि हुँदैन ।

रक्तदानले शरीरलाई नोक्सान भन्दा पनि फाइदा गर्दछ । रक्तदान गर्दा शरीरलाई फाइदा मात्र होइन मैले गर्दा कसैको ज्यान जोगियो भनेर मानसिक सन्तुष्टी पनि प्राप्त हुन्छ ।

रक्तदान गर्दाका फाइदा

रक्तदानले हृदयघातको खतरा कम हुन्छ । किनकी रक्तदान गर्दा रगत पातलो हुन्छ र हृदयघातको खतरा कम हुन्छ ।
रक्तदानले तौल घटाउन मद्दत गर्दछ । त्यसैले हरेक वर्ष कम्तीमा दुई पटक रक्तदान गर्नु फाइदाजनक मानिन्छ ।
रक्तदान गर्दा शरीरमा नयाँ उर्जा प्राप्त हुन्छ । किनकी दान पछि रगतमा नयाँ कोषहरु बन्दछन्, जसले शरीरमा तन्दुरुस्ती आउँछ ।
रक्तदान गर्दा कलेजो सम्बन्धी समस्याहरुमा आराम मिल्छ । शरीरमा ज्यादा आइरनको मात्रा भयो भने कलेजोमा भार पर्छ तर रक्तदान गर्दा आइरनको मात्रा सन्तुलित हुन्छ ।
आइरनको मात्रा सन्तुलित हुँदा कलेजो स्वस्थ हुन्छ र क्यान्सरको खतरा पनि कम भएर जान्छ ।
डेढ पाउ रगत दान गर्दा तपाईंको शरीरबाट ६ सय ५० क्यालोरी कम हुन्छ ।

रक्तदान गर्नुपूर्व ध्यान दिने कुरा

रक्तदान १८ वर्षपछि मात्र गरौं ।
रक्तदान गर्नेको तौल ४५ देखि ५० किलोभन्दा कम हुनु हुँदैन ।
आफ्नो स्वस्थ परिक्षण पश्चात् मात्र रक्तदान गर्नुपर्छ साथै आफूमा कुनै पनि रोग छैन भन्ने कुरा डाक्टरलाई पुष्टि गराउनुहोस् ।
रक्तदान गर्नुपूर्व पूरा निद्रा लिनु पर्छ । तारेको खाना तथा आइसक्रिम खानु हुँदैन ।
रक्तदान गर्नुभन्दा २४ घण्टा अगाडिदेखि नै रक्सी, चुरोट, सूर्ती सेवन गर्नु हुँदैन ।
शरीरमा आइरनको मात्रा बढाउनुपर्छ । त्यसका लागि रक्तदान गर्नु अगाडि माछा, गेडागुडी, पालक, किसमिस लगायतका आइरनले भरिपूर्ण भएका चीज खानुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved