एकिकृत समाजवादी ‘यता न उता’, नयाँ गठबन्धनमा जानको लागि ओली बाधक  

यसअघि कांग्रेसँग सत्ता साझेदारीमा रहेका दलहरु नयाँ गठबन्धनसँग कुनै न कुनै हिसाबले जोडिएका छन् । तर माधवकुमार नेपालले नतृत्व गरेको एकिकृत समाजवादी भने यता न उता भएको छ ।

नेपालभ्युज

एकिकृत समाजवादी ‘यता न उता’, नयाँ गठबन्धनमा जानको लागि ओली बाधक  

काठमाडौं। आइतबार पुरानो गठबन्धन भत्किएर एकाएक नयाँ गठबन्धन बन्यो । यसअघि कांग्रेसँग सत्ता साझेदारीमा रहेका दलहरु नयाँ गठबन्धनसँग कुनै न कुनै हिसाबले जोडिएका छन् । तर माधवकुमार नेपालले नतृत्व गरेको एकिकृत समाजवादी भने यता न उता भएको छ ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसले हठ नत्याग्दा गठबन्धन टुटेको आरोप लगाउन थालिसकेका छन् । तर कांग्रेसलाई आरोप लगाएपनि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सात दलीय नयाँ गठबन्धनमा जान तत्तकाललाई सम्भव छैन् ।

तत्कालिन नेकपा विभाजन हुँदा र नेकपा एमाले फुट्दा सबैभन्दा धेरै झगडा माधव नेपाल र केपी शर्मा ओलीबीच नै भएको थियो । उनिहरुले चुनावको नतिजापछि पनि एक अर्कालाई गाली गर्न छाडेनन् । बालकोट स्रोतका अनुसार केपी शर्मा ओली माधव नेपाललाई तत्कालै नयाँ गठबन्धनमा ल्याउने पक्षमा छैनन् ।

‘एमाले फुटाएको पश्चाताप गरेपछि बल्ल सोचौँला, अहिलेलाई माधव नेपाललाई ल्याउने कुरा नगरौँ ।’ ओलीको भनाई उधृत गर्दै एक नेताले भनेका छन् ।पार्टी फोडेको र आफूलाई अनेक गाली गरेको रिस फेर्नकै लागि पनि ओलीले माधव नेपालको दललाई अहिले नयाँ गठबन्धनमा ल्याउने सम्भावना कम देखिन्छ ।

खासै जनाधार नभएको एकिकृत समाजवादीले कांग्रेस र माओवादीको जोडबलमा प्रत्यक्षतर्फ १० वटा सिट जितेको छ । प्रत्यक्षमा १० सिट जितेपनि समानुपातिकमा ३ लाख मत पनि कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । यसैले नै उसको कमजोर जनाधार पुष्टि गर्छ ।

१० सिट नै जितेको भएपनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा एकिकृत समाजवादीको राम्रै हैसियत थियो र भागवण्डामा अरु दलले राम्रै स्थान दिएका थिए । तर पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै एकिकृत समाजवादी पार्टी यता न उता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved