यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।

नेपालभ्युज

यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

काठमाडौं । तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ ।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार सुम्निमा तपोखिममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको छ ।

प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक ), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।
सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।

भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।

महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी गराए ।

अध्यक्ष राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।

प्रतियोगिताका आर्थिक संयोजक दिनेश राईले प्रतियोगिताको अनुमानित बजेट कुल १९ लाख १० हजार रहेको जानकारी गराए ।

प्रतियोगिताका प्रचारप्रसार विभागका संयोजक निश्चल राईले प्रतियोगितालाई आगामी वर्षबाट थप बृहत रुपमा आयोजना गरिने जानकारी गराए ।

पत्रकार सम्मेलनमा सर्कलका अध्यक्ष जयराम राई, सचिव पदम राई, आर्थिक संयोजक दिनेश राई, प्रचारप्रसार संयोजक निश्चल राई, कार्यक्रम ब्यबस्थापन समितिका संयोजक रोशन चाम्लिङ राई लगायत सर्कलमा सदस्यहरुको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved