प्रचण्डलाई बधाई दिँदै मोदीले भने, ‘मिलेर काम गर्न तत्पर छु’

नेपालभ्युज

प्रचण्डलाई बधाई दिँदै मोदीले भने, ‘मिलेर काम गर्न तत्पर छु’
फाइल तस्वीर।

काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आइतबार साँझ ट्विट सन्देशमार्फत प्रधानमन्त्री मोदीले अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।

मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको ट्विटमार्फत बताएका छन् ।

‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता-जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु, उनले ट्विटमा भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved