रास्वपालाई पनि सरकारमा सहभागी गराउनुपर्छ : विश्वप्रकाश शर्मा

नेपालभ्युज

रास्वपालाई पनि सरकारमा सहभागी गराउनुपर्छ : विश्वप्रकाश शर्मा
फाइल तस्वीर

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा गाभेर अगाडि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् महामन्त्री शर्माले यस्ताे बताएका हुन्। गठबन्धन गरेर पनि बहुमत पाउन नसकेपछि सहकार्यकाे जरुरी रहेकाे उनकाे भनाइ छ।

यसैगरी, महामन्त्री शर्माले गठबन्धन टुट्न नहुने पनि बताएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘एक्लो बहुमत’ हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौँ!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved