सुर्खेत घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारणसभा सम्पन्न

सुर्खेत घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारणसभा सम्पन्न

सुर्खेत। नेपाल पत्रकार मंहासंघको केन्द्रीय साधारणसभा सुर्खेत घोषणपत्र जारी गर्दै सकिएको छ । शुक्रबारदेखि शुरु भएको नेपाल पत्रकार महासंघको साधारणसभा शनिबार सुर्खेत घोषणपत्र जारी गर्दै सकिएको हो ।

घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले बताए ।

इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । साथै, सम्बद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ ।

संविधान अनुसारका सञ्चार कानूनहरु तत्काल निर्माण गर्न र पुराना कानुनहरुमा सुधार ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गर्न सरकारसँग माग गर्दै साधारणसभाले समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved