देउवा र प्रचण्डबीचको बैठक सकियो

नेपालभ्युज

देउवा र प्रचण्डबीचको बैठक सकियो

काठमाडौँ ।   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक सकिएको छ ।

उनिहरुबीच बालुवाटारमा भएको सो छलफलमा वर्तमान गठबन्धनलाई निरन्तरता दिदैं सोही आधारमा सरकार बनाउने गरी छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार  शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।  उनले छलफल सकारात्मक भएको बताए ।

सरकार गठन लगायतका विषयमा देउवा र दाहालबीच  २ घण्टा छलफल भएको थियो ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  स्वास्थ्यका कारण सहभागी हुन पाएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved