एन्फा र ए डिभिजन क्लबहरुबीचको बैठक सम्पन्न

बैठक दुवै पक्षको सम्झदारीमा लिगको आयोजनाको लागि आगामी बिहीबार थप गृहकार्यसहित भेट्ने निषकर्षमा पुगेको एन्फाले जनाएको छ।

नेपालभ्युज

एन्फा र ए डिभिजन क्लबहरुबीचको बैठक सम्पन्न

काठमाडौं। अखिल नेपाल फुटबल संघ ‘एन्फा’ र ए डिभिजन क्लबहरुबीचको बैठक सकिएको छ।

ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार ‘ए डिभिजन लिग’ आयोजनाबारे भएको बैठकमा एन्फा र क्लबहरुबीच अर्को हप्ता पुन छलफल हुने सहमति भएको छ।

बैठक दुवै पक्षको सम्झदारीमा लिगको आयोजनाको लागि आगामी बिहीबार थप गृहकार्यसहित भेट्ने निषकर्षमा पुगेको एन्फाले जनाएको छ।

बैठकमा १४ ए डिभिजन क्लबहरुका प्रतिनिधि सहभागी भएका थिए। बैठकमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा र दीपक खतिवडा, कार्यकारी समितिका सदस्य महेन्द्र क्षेत्री र महासचिव किरण राईको उपस्थिति थियो।

पुस २२ गते आयोजना हुने भनिएको ए डिभिजन लिगको लागि सहभागी दर्ता गर्ने आज अन्तिम दिन रहेको थियो। बुधबारसम्म चर्च ब्वाईज र त्रिभुवन आर्मी फुटबल क्लबले मात्र नाम दर्ता गराएका थिए।

लिगमा सहभागी हने क्लबलाई एन्फाले १५ लाख रुपैँया दिने घोषणा गरेको थियो। तथापि तयारीबापत पहिलो किस्ताको साढे ७ लाख रुपैँया रकम उपलब्ध गराउन नसक्दा क्लबहरुले असन्तुष्टि जनाउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved